आत्मालाप

१.      हुँदैन रात दिनबिना अँध्यारो
र उज्यालो पनि
जसरी जीवन मृत्यु बाँच्दै मर्दै पनि
रूपेश कहाँ मर्छ...
मर्दै मर्दै नमरेपछि!

२.      पिउनेले पिउँछन् मदिरा
र पीडा बहाना मिलाइवरी
नपिउनेलाई के थाह?
रूपेश, स्वाट्टै पार्छ लुकाइवरी!

३.      इच्छाको हो दासी हजूर
मन मायाको  पनि
नगर्दा नि हुन्न रूपेश,
मन मायाको  ख्याल पनि!

४.      जोत्दै नजोतेको खेत
बाँजो छ श्रमिकको पेट
प्रावधानको हलो नजोतेपछि
रूपेश, कलमले कहाँ जोत्च खेत?

५.      बर्खामै उम्रन्छन् चिया पत्ति
र श्रमिकको आशा मन छुने गरी
हिउँद लागे हराउँछ दुवै
रूपेश, मालिकको भरोसा धरी!!

६.      जरा काटी नै रन्छ कष्टले
मान्छे मस्तिष्कको पनि
ढल्दा किन ढल्दैन रूपेश
नढल्ने मन नै ढलेपछि!

७.      मनको खेती हुँदैन यहाँ
तनको पो गर्छ लगनले
हुँदैन दिनु मनको अर्ती  रूपेश
गाल पो पर्छ बेइमानले!

८.      उखुझैँ ओठ कहाँ पाइन्छ
तिर्खाले ढोड चुस्दा पनि
नपाए नपाऊन् मुखले रूपेश
स्वाद भन्दा पनि!

९.      बगेको बगेकै छ अह्रालो
पानी र माटो  निसङ्कोच हेर
उज्यालो पनि बग्दो रहेछ ओह्रालै रूपेश
अँध्यारो छाडी हेर!

१०.  दबाएको दबाएकै छ
घाँटी र स्वास शक्तिले जति
दबिनु छाड्नु हुँदैन रूपेश
दबाउनेले ठाउँ हेरोस् जति!!

११.   कत्रो छाती छ यो
भइहाल्छको मन कुटुकुटु खाने
नजान्नेले नखानू बाचा रूपेश
उमेर भइहाल्छ भन्दै जाने!

१२.   कत्रो धम्की ऊ हाँस्दा
अनुहारभरि छरिएर बस्छ
नहास्नू  बरु यसरी रूपेश
रहेको मुस्कान पीर मानेर खस्छ!

१३.   माटैमा हुर्किएको उसको मान्छेलाई
धूलो देखाइ माटो भन्नू
कस्तो चलाक मनुखे रूपेश
माटोको गन्ध थाह नहुनु?

१४.   सधैँ उक्लन्छ हिउँद तिर्खाएर
श्रमिकको पेट सुकाउनु
तिर्खा पनि कति जाली रूपेश
जानेको छ श्रमिककै मन दुखाउनु!!

१५.   एक एक अक्षर बटुल्नु श्रमिकलाई
हम्मे हम्मे छ आजको श्यामपटबाट
छाडिदेऊ श्रमिकको पसिना लुट्न रूपेश
उसको पनि आफ्नो इज्जत छ!

१६.   सहृदय माटोमा औँला नचाएर
हेर्नू आफ्नोपनको कति खाँचो छ
ढाँट्नू बरू उसलाई रूपेश
आफ्नोलाई घरको खाँचो छ!!

१७.   हल्लै हल्ला छ एकदिन हुने
माटोमाथि अतिक्रमनको दाऊ
नकोट्याऊ त्यही किस्सा रूपेश
फेरि कति ताजा छ घाउ!!
  
१९.   माटो काटी उसले यहाँ
कहिले राखेछ ढुङ्गा दिनमै
लुकाइवरी हस्ताक्षरले रूपेश
काटे सीमाना आगनको डिलमै!

२०.   कत्ति सहज हो  उफ!
 कलमको धारले रेटेको हेर
 निमुखाको  गाँस मुखबाटै रूपेश
 चित्त फाट्छ पुकारले यहाँ !!

२१.   हँसाएरै लुट्यो  उसले
 हाँस्नेहरूको हाँसो  हरदिन हररात
 बुझ्दैन हाँस्नेहरूले अझै रूपेश
 रुनुलाई तयार बस्दै गर!!

२२.   चोर लेखेर गयो  अक्षर
 साधु पनि फटाफट यहाँ
विचार कस्तो तुच्छ रूपेश
अक्षरले गरेन भेदभाव यहाँ!!




No comments:

Post a Comment