गाउँ कविता

गाउँमा मज्जा

रूपेश राई
                                                                                               
केटाकेटीले,
सिसाको गोली बनाएर खेल्न छाडे,
लाबरको क्याटिस बनाएर चरा मार्न छाडे,
स्कुसको पातको बिँडी बनाएर खान छाडे,
अनि बारीको फलफुल चोरेर खान छाडेपछि
यो गाउँमा त्यो मज्जा छैन
जुन सधैँ केटाकेटीको चुरीफुरी  जस्तो
गाउँलेले गाउँलेलाई पोखिरहने दुखेसो छैन।

केटाकेटीले
डोको बोकेर घाँस काट्न जान छाडे,
खुकुरी भिरेर बाँस काट्न जान छाडे,
नाम्लो बोकेर झिक्रा ल्याउन जान छाडे,
अनि तप्पल बोकेर फारसमा दाउरा चोर्न जान छाडेपछि
यो गाउँमा त्यो आनन्द छैन
जुन सधैँ केटाकेटीको  चुरीफुरी  जस्तो
गाउँलेले गाउँलेलाई सुनाउने गथासो छैन।

छ, आज यहाँ ......
..............
अर्थात्
यो गाउँमा
सबै परिवर्तन हुँदै गए पनि
अपरिवर्तन छन् गाउँ!

किनभने गाउँ
संसारको इतिहासको हो,
परिवर्तनको माइलखुट्टी  हो,
विकासको आँखा हो,
अक्षरको स्रोत हो
अनि
प्रकृतिको अर्को नाम !

No comments:

Post a Comment