जेन कविता

. डाँडाको बुढो रूख
हावा चलिरहेछ, मेरो मन भुटभुट।


. मन, म खोजिरहन्छु
आफ्नो बनाउनलाई।


. शब्दलाई गेडेर कुद्यो
कलम अघिअघि,
विचार पछिपछि।


. लेऊ लागेको छ गाउँमा,
चूना दल्छ, शहरमा।


. हाल्छु निकाल्छु
हाल्छु निकाल्छु मनबाट
इच्छाहरू।


. मनमुटाउ छ ऊ
  ममाझ, पीर कहाँ बिसाऊँ !


. प्रेम र मायाको घरमा,
विश्वास गोठाला।


. कहिले सकिएला र !
मनको पीडा; ऐना झैं देखिने।

९. हरियो-हरियो पातहरू
हरियो-हरियो पातहरू
पहेंलिएछन् पत्करहरू।


१०. घुमेर मालाका दानाहरू
औँलामा शान्ति गाउँछ
ऊँ माने पद्मे हुँ...।





No comments:

Post a Comment